Hamro Sampada Nepal
 
मेवा खेती प्रविधि
रमेश उप्रेती
कृषि र वन विज्ञान विश्वविद्मालय, रामपुर, चितवन

मेवा उष्ण र उपोष्ण प्रदेशमा खेती गरिने अत्यन्तै गुणी फल हो। यसको फललाई पाकेको र काचो अवश्थामा स्वाद र आवश्यकता अनुसार खान सकिन्छ। प्रचुर मात्रामा भिटामिन ‘ए’ र ‘सि’ पाईने, मिठो स्वादिलो यसको फल जण्डिस, क्यान्सर, मधुमेह लगायत रोग निको पार्न पनि खाने गरिन्छ। नेपालमा १०८३ हेक्टर जमिनमा १४,१३७ मे.ट. मेवा उत्पादन भएको कृषि विकास मन्त्रालयको सन् २०१५र१६ को तथ्यांकमा उल्लेख छ। कुल उत्पादकत्व १३.०५ मे.ट. रहेको नेपालका प्रमुख मेवा उत्पादन हुने जिल्लाहरुमा सिरहा, बारा, पर्सा, धनुषा, महोत्तरी, सर्लाही, रुपन्देही ,चितवन, कैलाली, दाङ्ग, नवलपरासी र धादिङ्ग रहेका छन। पछिल्ला बर्षहरुमा यस फलले विश्व भरीनै ख्याती प्राप्त गर्नुका पछाडी यसको कम उचाई भएका धेरै उत्पादन दिने पोथी र उभयलिङ्गी बोट मात्रै हुने गाइनोडायसियस लाइनहरुको विकास हुनु, सजिलै छिटो उत्पादन र नाफा बटोल्न सकिने, बहुउपयोगी स्वादिलो फल हुनु जस्ता कारण रहेका छन। सन् २०१६ मा विश्वकै सबैभन्दा बढि मेवा उत्पादन गर्ने मुलुकमा भारत, ब्राजिल, इण्डोनेशिया, नाइजेरिया, मेक्सिको र फिलिपिन्स रहेका छन्।
गुणस्तरिय मेवा उत्पादन गर्न निम्न कुराहरुमा ध्यान दिनु पर्दछ :

हावापानी :

यो फलको विरुवा चिसो सहन नसक्ने भएकाले यसको सफल खेती उष्ण र उपोष्ण क्षेत्रमा सिमित रहेको पाइन्छ। १००० मी. उचाई सम्मको जमिनमा यसलाई लगाउन सकिन्छ। १० डिगी्र सेल्सियस भन्दा कम तापक्रम भयो भने फल नलाग्ने, राम्रो आकारको नहुने र कम गुलियो फल हुन्छ। त्यसैगरी ३५ डि.से भन्दा बढि तापक्रम भयो भने फूल झर्ने, उभयलिङ्गि बोटमा भाले फूल फुल्न गई फल नलाग्ने हुन्छ। अतः २१–२८ डि.से. तापक्रम यस फलका लागी उत्तम मानिन्छ। बर्षा ३५० मि.मि देखि २५०० मि.मि. उपयुक्त मानिन्छ भने राम्रो निकास भएको ५–७ पि.एच. भएको माटो हुनु पर्दछ।

जात :

मेवाको विभिन्न जातहरु पाइन्छन् जस्तै भाले र पोथीका अलग अलग बोट हुने (डायसियस), पोथी र उभयलिङ्गि बोट मात्रै हुने (गाइनोडायसियस), रातो फल हुने,पहेलो फल हुने, अग्लो हुने, होचो हुने (पुसा नन्हा) लाम्चो फल हुने, गोलो फल हुने आदि। आफ्नो रुचि र आवश्यकता अनुसारको जात छनौट गर्नु पर्दछ। सामान्यतया एउटै जातमा पनि फलको लागी लाम्चो फूल फल्ने उभयलिङ्गि बोट ठिक मानिन्छ भने चोप उत्पादनका लागी पोथी बोट राम्रो हुन्छ। अमेरिकातिर सोलो, सनराइज, कापोहो, वासिङ्गटन जातका मेवा लगाइन्छन भने भारतमा पुसा डेलिसियस, पुसा मेजष्टि, पुसा ड्वार्फ, पूसा नन्हा, पन्त–१, सिओ १ र २ आदि जातहरु लगाइन्छन। नेपालमा नेपाल कृषि अनुसन्धान परिषद (नार्क) लुम्लेले मेवाको जातिय छनौट सम्बन्धि गरेको एक अनुसन्धानबाट रेड लेडी, फार्म सेलेक्सन–१ र पूसा ड्वार्फ नामका जातहरु सिफारिस गरिएको छ। रेड लेडी गाइनोडायसियस जात हो भने पूसा ड्वार्फ र फार्म सेलेक्सन डायसियस जात हुन।

प्रसारण :
मेवा बीउबाट प्रसारण गरिन्छ। मेवाको बीउलाइ जरा कुहिने रोगबाट बचाउन रोप्नुभन्दा अगाडि ०.१ प्रतिशत ब्याभिस्टिन वा थिरामले उपचार गर्नु पर्दछ। यसरी उपचार गरिएको बिउलाई नर्सरी ब्याड वा प्लास्टिक थैलामा राखी बेर्ना उत्पादन गर्न सकिन्छ। ४५ दिन पछि २० से.मि अग्ला बेर्नालाई खाडल बनाएर सार्न सकिन्छ।

लगाउने दुरी र समय :
जात हेरी २˟२ मि. अथवा १.८˟१.८ मि. को दुरीमा मेवा लगाउन सकिन्छ। नार्कले असार, असोज वा फागुनमा लगाउन सकिने भनेको भए पनि गीतानगर चितवनमा मेवा खेती गर्दै आएका किसान प्रकाश पन्तका अनुसार बैशाखमा मेवा लगाउदा सबैभन्दा उत्तम हुने पाइएको छ।

मलखाद :
मेवाको बोटलाई २५० गा्रम नाइट्र«ोजन, २५० गा्रम फोस्फोरस र ४०० गा्रम पोटास एक बर्षमा ४–४ महिनाको फरकमा दिनु पर्दछ। अन्य सुक्ष्म तत्व जस्तै बोरोन जिन्क पनि दिन सकिन्छ। राम्ररी कुहेको १५ किलो गा्रम प्रति बोट गोबरमल माघ–फागुन तिर दिनुपर्दछ।

वगैचा व्यवस्थापन :
विभिन्न अनुसन्धानहरुले मेवालाई जाली घर भित्र उत्पादन गर्दा बढी उत्पादन हुनुका साथै भाइरसजन्य रोग, किरा कम लाग्ने भएकाले गुणस्तरिय फल लिन सकिन्छ। फल २–५ से.मी. को हुदाँ बोटको एउटा कापमा एउटा मात्रै ठुलो र स्वस्थ फल राखी अन्य साना, आकार नमिलेका फल छाट्नाले बोटमा राखिएका फलको गुलियोपना बढ्नुका साथै आकार पनि ठुलो हुन्छ। साथै सुकेका पात बेलाबेलामा हटाउनु पर्दछ, त्यसो नगर्दा फलमा नराम्रो दाग बसी आकर्षण घट्दछ। क्षति कम हुन दिन किराहरुमा लाग्ने रातो सुलसुले, फलको औंसा, मिलीबग लाही कीरा र रोगहरुमा बेर्ना कुहिने, फेद कुहिने, खराने रोग, गोलो थोप्ले रोग, जराको जुका आदिलाई रोकताम र नियन्त्रण गर्नु पर्दछ। उत्पादनोपरान्त आयु बढाउन विभिन्न बिरुवा वर्धक र हरमोनहरुको प्रयोग गर्न सकिन्छ।

फलको टिपाइ
फलको रङ्ग गाढा हरियोबाट हल्का हरियोमा परिणत भई टुप्पो पहेँलो हुन थालेपछि फल टिप्न लायक हुन्छन। फलको गुणस्तर कायम राख्न र उत्पादनोपरान्त क्षतिलाई कम गर्नफल उचित समयमा हातले बटारेर वा चक्कुले काटेर टिपी चोटपटक लाग्न नदिई पत्रिकाले बेरेर २५ देखि २८ डि.से. तापक्रम भएको कोठामा राख्नु पर्दछ। राम्रो फलेको एक बोटबाट ४० देखी ५० के. जि. फल प्राप्त गर्न सकन्छ। १०–१२ डि.से. तापक्रम र ८५–९२ प्रतिशत आद्रता भएको कोल्डस्टोरमा फललाई तीन हप्ता सम्म भण्डारण गर्न सकिन्छ।
अतः हाल नेपाल सरकारले फलपूmल दशक (२०७३÷७४ देखी २०८२÷८३) मनाइ रहँदा मेवा खेतीको प्रबद्र्धन गर्न सके स्वदेशी ताजा फलले भारतबाट आयात गरिने करोडौँको मेवालाइ विस्थापित गरी रोजगारीको अवसर सिर्जना गर्न सकिन्थ्यो।
(लेखकको कृषि स्नातकोत्तर शोधसार मेवाको फल छाट्दा र केही पात हटाउदा फलको गुणस्तरमा पर्ने असर सम्बन्धी थियो)