Hamro Sampada Nepal
 

नेपालमा आलुबालीको महत्व र अनुसन्धानका केही महत्वपूर्ण उपलब्धिहरु
डा. भीम बहादुर खत्री डा.विष्णु कुमार धिताल
आलुखेतीको इतिहास
आलु चीसो हावापानी रुचाउने बाली हो र परम्परागत रूपमा शीतोष्ण क्षेत्रमा मात्र यसको खेती गरिन्थ्यो । दक्षिण अमेरिकाको एण्डिज पर्वतीय श्रृङ्खलाको पेरू तथा बोलिभिया क्षेत्रमा २०० ईशापूर्वमा आलुखेती शुरु भएको र त्यसै स्थानमा आलुको उत्पत्ति भएको मानिन्छ । पन्ध्रौं शताब्दीसम्म आलु एण्डिज क्षेत्रमा मात्र सीमित रह्यो र यसले सन् १५७० तिर सर्वप्रथम युरोपमा प्रवेश पायो । यसैक्रममा भारतमा आलुको प्रवेश सत्रौं शताब्दीको शुरुतिर भएको अनुमान छ ९एगकजपबचलबतज, ज्ञढटढ० । भारतमा आलु सर्वप्रथम मैदानी क्षेत्रमा लगाउन शुरु भएको र अठारौं शताव्दीको शुरुतिरमात्र देहरादूनको पहाडी इलाकामा प्रवेश पाएको बुझिन्छ । नेपालको पूर्वी सीमानातर्फ हेर्ने हो भने दार्जिलिङमा सन् १८७८÷७९ मा वनस्पति उद्यानको स्थापना भएको र सो उद्यानमा बेलायत तथा अष्ट्रेलियाबाट आलुका जातहरू संकलन गरी परीक्षण गरिएको बुझिन्छ । त्यस्तै, आसामको पहाडी इलाकामा सन् १८३० तिर आलु लगाउन सुरु गरिएको अनुमान छ । प्राचीन अभिलेखहरूको अभावमा नेपालमा आलुखेतीको सुरुआत कहिले भयो भन्ने कुरा स्पष्ट छैन । भारतबाट आलुको फैलावटलाई हेर्दा सन् १७९३ तिर काठमाण्डौंमा आलुखेती हुंदै आएको र त्यसबेला पटनाबाट ताजा बीउ नल्याएमा खेती गर्न सकि“दैन थियो भन्ने पाइन्छ । तर प्ष्चपउबतचष्अप ९ज्ञडज्ञज्ञ० को लेखबाट अठारौं शताव्दीको अन्ततिर नेपालमा आलुखेती सुरु भइसकेको भन्ने बुझिन्छ ९प्जबष्चबनयष्,ि द्दण्घठ० । त्यसपछि नेपालमा आलु विकाससम्बन्धी के–कस्ता कार्यक्रमहरू भए भन्ने कुराको इतिहास भेटि“दैन । कृषि विकासको सिलसिलामा वि.सं. १९८२ मा कृषि विभागको स्थापना पश्चात् वि.सं. २०१४ (सन् १९५७) मा स्थानीय र बाह्य गरी २० वटा आलुका जातहरूको जातीय परीक्षण कार्यक्रम सिंहदरबार, परवानीपुर र राप्ती कृषि फार्महरूमा पहिलो पटक सुरु गरियो । वि.सं. २०२३÷२४ मा फलोद्यान विभागको सहयोगमा कृषि शाखाहरूले १० वटा जिल्लामा आलुबाली प्रसार योजना संचालन गरी उच्च पहाडी क्षेत्रका कृषकहरूलाई २७६ टन बीउआलु उपलव्ध गराई उन्नत बीउले ६०० हेक्टर ढाक्ने बृहत् कार्यक्रम गरिएको थियो । आलु विकास कार्यक्रमलाई अघि बढाउन वि.सं. २०२४ मा फलोद्यान विभागअन्तर्गत कीर्तिपुर, दामन र जौबारीमा आलुबाली विकास कार्यक्रमको स्थापना भयो । २०२९ मा राष्ट्रिय आलुबाली विकास कार्यक्रमको स्थापना भई राष्ट्रिय स्तरमा आलु बालीसम्बन्धी अनुसन्धान तथा विकास कार्यक्रमको थालनी भयो । उक्त कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन आवश्यक प्राविधिक सहयोगका लागि अन्तर्राष्ट्रिय आलुबाली केन्द्र ९ऋक्ष्ए०, पेरूस“ग सन् १९७७ मा सम्बन्ध स्थापना भयो र सन् १९७८ मा स्वीस हाम्रो सम्पदा÷ द्द सरकारस“ग प्राविधिक तथा आर्थिक सहयोगका लागि सम्झौता भयो । त्यसपछि, स्वीस प्राविधिक सहायता संघ ९क्ब्त्ब्० र पछि स्वीस विकास नियोग ९क्म्ऋ० मार्फत आलु विकास कार्यक्रम, खासगरी बीउआलु– उत्पादन तथा व्यवस्थापनमा विशेषतः आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध हु“दै आयो । स्वीस सरकारको सहयोगमध्ये, तराई तथा उपत्यकामा “बीउ प्लट” प्रविधिबाट बीउआलु–उत्पादन, आधुनिक तन्तु प्रजनन् प्रयोगशाला र प्रजनन् बीउ–उत्पादनका लागि हरितगृह ९न्बिकक ज्यगकभ० को स्थापना आदि केही प्रमुख उपलब्धिहरु भएको देखिन्छ । हाल नेपालमा तराईको समतल भू–भाग (१०० मिटर) देखि ३००० मिटरसम्मको उच्च पहाडी क्षेत्रमा प्रशस्त मात्रामा आलुखेती हु“दै आएको छ र ४४०० मी.का हिमाली क्षेत्रहरूमा पनि आलुखेती गरेको पाइन्छ ९व्यकजष्, ज्ञढढठ० । सन् २००३÷०४ (वि.सं. २०६०÷०६१) को तथ्याङ्कअनुसार नेपालमा करिब १,४३,०२७ हेक्टर जमीनमा आलुखेती गरिएको र सरदर उत्पादन ११.५ टन प्रतिहेक्टर रहेको छ ९ऋद्यक्, द्दण्ण्छ० । देशमा विद्यमान विविध हावापानी र मौसमका कारणले गर्दा ठाउ“ अनुसार भिन्न समयमा आलुखेती गर्ने गरिन्छ । तराई तथा बेंसी क्षेत्रमा हिउ“दमा मात्र आलुखेती गर्न सकिन्छ भने मध्य–पहाड तथा उपत्यकाहरूमा वर्षको दुई याम (शरद र वसन्त) मा खेती गरिन्छ । उच्च पहाडी क्षेत्र (१८०० मिटरभन्दा माथि) मा भने बढी जाडोको कारणले गर्दा गर्मी याममा मात्र खेती गरिन्छ । यसरी आलुखेती गरिने स्थान र मौसमको विविधताले गर्दा बाली विकासका प्रशस्त सम्भाव्यता रहेका छन् भने यसस“ग सम्बन्धित समस्याका किसिम तथा सघनतामा पनि उत्तिकै भिन्नता पाइन्छ । नेपालमा आलुबालीको महइभ्व धान, मकै, गहु“ र कोदोपछि आलु नेपालको पा“चौ मुख्य बाली हो । उच्च पहाडी भेगमा आलु वर्षौंदेखि खाद्यान्नका रूपमा प्रयोग हु“दै आएको भए तापनि सातौं पञ्चवर्षीय योजनादेखि मात्र यसलाई खाद्यान्न बालीको रूपमा स्वीकार गरिएको हो । नेपालमा प्रतिव्यक्ति खेतीयोग्य जमीन कम हुनु र अधिकांश भू–भाग शीतोष्ण तथा समशीतोष्ण हावापानीअन्तर्गत पर्नाले आलुबालीको महइभ्व बढ्न गएको छ । जति उचाई बढ्दै जान्छ उत्ति नै तापक्रम घट्दै जाने हुनाले प्रमुख अन्नबालीहरू जस्तै धान, मकै, कोदो आदिको उत्पादन कम हु“दै जाने हु“दा करिब २००० मिटर वा सोभन्दा माथि यी बालीहरूबाट सन्तोषजनक उत्पादन लिन सकिदैन । उत्पादन कम र बाली पाक्न निकै लामो समय (८–९ महिना) लाग्ने हु“दा अन्नबालीको विकल्पको रूपमा आलुखेती हु“दै आएको छ । आलुबालीबाट ३००० मिटरसम्मको उच्च पहाडी भेगमा समेत ४–५ महिनाको छोटो अवधिमा अति राम्रो उत्पादन लिन सकिन्छ । ४००० मिटरसम्मको उचाई भएका क्षेत्रसम्म प्रशस्त आलुखेती गरिएको छ भने सानो–तिनो रूपमा ४८०० मिटरसम्म पनि यो खेती गरिएको पाइन्छ, जुन अन्न बालीहरूमा सम्भव छैन ९प्जबष्चबनयष्,ि द्दण्घठ० । यी उच्च पहाडीक्षेत्र (२००० मिटरभन्दा माथि) मा लाही कीराको प्रकोप कम हुनाले भाइरस रोगको प्रकोप कम हुने र रोगले गर्दा आलु–उत्पादनमा हुने क्रमिक ह्रास ९म्भनभलभचबतष्यल० को समस्या कम हुन्छ । त्यसैले गर्दा उच्च पहाडीक्षेत्रमा परम्परागत खेती प्रविधिबाटै पनि स्तरीय बीउआलु–उत्पादन हु“दै आएको छ । यस पद्धतिमा सामान्य सुधारद्वारा बीउआलुको उत्पादन बढाउन सकेमा निर्यात गर्न सकिने राम्रो सम्भावना समेत देखिन्छ । जनसंख्या वृद्धिदरलाई दृष्टिगत गरी देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन कृषि–उत्पादकत्वमा वृद्धि गर्नु आजको प्रमुख चुनौति हो । विगतका वर्षहरूमा अन्नबालीको राष्ट्रिय उत्पादकत्व वृद्धिदरलाई हेर्ने हो भने हाम्रा विकास प्रयासहरू त्यति उपलब्धिपूर्ण मान्न सकिन्न । धानबालीको उत्पादकत्व सन् १९७५ मा २.०७ टन प्रतिहेक्टरबाट १९९० मा २.३७ टन र २००४ मा २.७८ टन मात्र पुग्न सकेको छ । त्यस्तै, यो अवधिमा कोदोको उत्पादकत्वमा कत्ति पनि वृद्धि हुन सकेन भने मकैमा यो ३० वर्षको अवधिमा जम्मा २२ प्रतिशतले मात्र वृद्धि हुन सकेको छ । गहु“को उत्पादकत्व भने ८० प्रतिशतले वृद्धि भएको छ । यी सबै अन्नबालीको तुलनामा आलुबालीमा भने निकै प्रगति भएको मान्न सकिन्छ । किनभने आलुको उत्पादकत्व सन् १९७५ मा ५.८८ टन प्रतिहेक्टरबाट वृद्धि भई १९९० मा ८.० ९ टन प्रतिहेक्टर (३७.६५) र २००४ मा ११.८५ टन प्रतिहेक्टर पुगि उत्पादकइभ्वमा १०२ प्रतिशतले वृद्धि
भएको छ (तालिका १) । साथै थप उत्पादकइभ्व वृद्धिका सम्भावनालाई केलाउने हो भने अन्नबालीमा भन्दा आलुमा बढी आशा गर्न सकिन्छ । अन्नबालीको तुलनामा आलुबालीबाट प्रतिइकाई क्षेत्रले जमीनमा सबभन्दा बढी कार्वोहाइड्रेट तथा खनिजतत्व उत्पादन हुन्छ भने प्रोटिन अन्नबाली सरह नै उत्पादन हुन्छ (तालिका २) । त्यस्तै, हाम्रो शरीरलाई चाहिने भिटामिन तथा रेसाको पनि आलुमा कमी छैन । आलुमा पाइने प्रोटिन दूधमा पाइने प्रोटिन जस्तै स्तरयुक्त हुन्छ, जुन अन्न, कोसेबाली तथा तरकारीमा पाइने प्रोटिनभन्दा उच्चस्तरको मानिन्छ । आलु एउटा यस्तो बाली हो जुन अन्नको सट्टा वा समपूरकको रूपमा प्रयोग गरिन्छ । त्यस्ता अन्य बालीहरूमा सिमल तरुल, पिंडालु, केरा र सखरखण्ड पनि पर्दछन् । तर यिनीहरूमध्ये नेपालको सन्दर्भमा आलु एकमात्र विकल्प रह“दै आएको र निकट भविष्यमा पनि सोही अनुरूप हुने देखिन्छ । हाम्रो देशमा आलु विकासका गतिविधिलाई प्रोत्साहन दिएर उत्पादन तथा उत्पादकत्व बढाउने र उच्च पहाडको जस्तै अन्य स्थानहरूमा पनि केही मात्रामा खाद्यान्नको रूपमा प्रयोग गर्ने हो भने देशलाई सजिलै खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिन्छ । नेपालमा पर्यटन व्यवसायको राम्रो सम्भावना भएकोले र सर्वसाधारणमा पनि आलुका परिकारहरूप्रतिको बढ्दो अभिरुचिका कारणले आलुको उत्पादन बढाउन सकेमा यसका ताजा परिकार वा प्रशोधित परिकारहरू जस्तै चिप्स, फ्रेन्च फ्राइज आदिको पनि माग बढ्ने प्रशस्त सम्भावना छ । अर्कोतर्फ, देशमा विद्यमान विविध हावापानीले गर्दा फरक–फरक मौसममा आलु–उत्पादन गर्न सकिन्छ, जसबाट धेरै समयसम्म ताजा आलुको आपूर्ति हुन सक्दछ । उदाहरणको लागि, मध्य–पहाडी भेग (९००–१७०० मिटर) मा भदौको दोस्रो हप्तातिर पाखो बारीमा मकै भा“चेपछि आलु रोप्न सकिन्छ । उक्त बाली कार्तिकको अन्ततिर खन्न सकिने र सो उत्पादनले नेपालको तराई तथा भारतको सीमावर्ती मैदानी भागमा समेत राम्रो बजार पाउनसक्ने देखिन्छ । आलुबाली पाक्ने अवधि छोटो हुने र प्रकाशअवधि ९एजयतयउभचष्यम० ले त्यति असर नपार्ने गुणले गर्दा धान, गहु“ तथा कोदोबालीहरू जस्तो निश्चित समयभित्र तालिका १ः विगत तीन दशक यता नेपालमा मुख्य खाद्यान्न बालीहरूको उत्पादकत्वको अवस्था (टन प्रति हेक्टर)