Hamro Sampada Nepal
 

मेवा खेती प्रविधि
रमेश उप्रेती
कृषि र वन विज्ञान विश्वविद्मालय, रामपुर, चितवन

मेवा उष्ण र उपोष्ण प्रदेशमा खेती गरिने अत्यन्तै गुणी फल हो। यसको फललाई पाकेको र काचो अवश्थामा स्वाद र आवश्यकता अनुसार खान सकिन्छ। प्रचुर मात्रामा भिटामिन ‘ए’ र ‘सि’ पाईने, मिठो स्वादिलो यसको फल जण्डिस, क्यान्सर, मधुमेह लगायत रोग निको पार्न पनि खाने गरिन्छ। नेपालमा १०८३ हेक्टर जमिनमा १४,१३७ मे.ट. मेवा उत्पादन भएको कृषि विकास मन्त्रालयको सन् २०१५र१६ को तथ्यांकमा उल्लेख छ। कुल उत्पादकत्व १३.०५ मे.ट. रहेको नेपालका प्रमुख मेवा उत्पादन हुने जिल्लाहरुमा सिरहा, बारा, पर्सा, धनुषा, महोत्तरी, सर्लाही, रुपन्देही ,चितवन, कैलाली, दाङ्ग, नवलपरासी र धादिङ्ग रहेका छन। पछिल्ला बर्षहरुमा यस फलले विश्व भरीनै ख्याती प्राप्त गर्नुका पछाडी यसको कम उचाई भएका धेरै उत्पादन दिने पोथी र उभयलिङ्गी बोट मात्रै हुने गाइनोडायसियस लाइनहरुको विकास हुनु, सजिलै छिटो उत्पादन र नाफा बटोल्न सकिने, बहुउपयोगी स्वादिलो फल हुनु जस्ता कारण रहेका छन। सन् २०१६ मा विश्वकै सबैभन्दा बढि मेवा उत्पादन गर्ने मुलुकमा भारत, ब्राजिल, इण्डोनेशिया, नाइजेरिया, मेक्सिको र फिलिपिन्स रहेका छन्।
गुणस्तरिय मेवा उत्पादन गर्न निम्न कुराहरुमा ध्यान दिनु पर्दछ :

नेपालमा आलुबालीको महत्व र अनुसन्धानका केही महत्वपूर्ण उपलब्धिहरु
डा. भीम बहादुर खत्री
डा.विष्णु कुमार धिताल


आलुखेतीको इतिहास
आलु चीसो हावापानी रुचाउने बाली हो र परम्परागत रूपमा शीतोष्ण क्षेत्रमा मात्र यसको खेती गरिन्थ्यो । दक्षिण अमेरिकाको एण्डिज पर्वतीय श्रृङ्खलाको पेरू तथा बोलिभिया क्षेत्रमा २०० ईशापूर्वमा आलुखेती शुरु भएको र त्यसै स्थानमा आलुको उत्पत्ति भएको मानिन्छ । पन्ध्रौं शताब्दीसम्म आलु एण्डिज क्षेत्रमा मात्र सीमित रह्यो र यसले सन् १५७० तिर सर्वप्रथम युरोपमा प्रवेश पायो । यसैक्रममा भारतमा आलुको प्रवेश सत्रौं शताब्दीको शुरुतिर भएको अनुमान छ ९एगकजपबचलबतज, ज्ञढटढ० । भारतमा आलु सर्वप्रथम मैदानी क्षेत्रमा लगाउन शुरु भएको र अठारौं शताव्दीको शुरुतिरमात्र देहरादूनको पहाडी इलाकामा प्रवेश पाएको बुझिन्छ । नेपालको पूर्वी सीमानातर्फ हेर्ने हो भने दार्जिलिङमा सन् १८७८÷७९ मा वनस्पति उद्यानको स्थापना भएको र सो उद्यानमा बेलायत तथा अष्ट्रेलियाबाट आलुका जातहरू संकलन गरी परीक्षण गरिएको बुझिन्छ । त्यस्तै, आसामको पहाडी इलाकामा सन् १८३० तिर आलु लगाउन सुरु गरिएको अनुमान छ । प्राचीन अभिलेखहरूको अभावमा नेपालमा आलुखेतीको सुरुआत कहिले भयो भन्ने कुरा स्पष्ट छैन । भारतबाट आलुको फैलावटलाई हेर्दा सन् १७९३ तिर काठमाण्डौंमा आलुखेती हुंदै आएको र त्यसबेला पटनाबाट ताजा बीउ नल्याएमा खेती गर्न सकि“दैन थियो भन्ने पाइन्छ । तर प्ष्चपउबतचष्अप ९ज्ञडज्ञज्ञ० को लेखबाट अठारौं शताव्दीको अन्ततिर नेपालमा आलुखेती सुरु भइसकेको भन्ने बुझिन्छ ९प्जबष्चबनयष्,ि द्दण्घठ० । त्यसपछि नेपालमा आलु विकाससम्बन्धी के–कस्ता कार्यक्रमहरू भए भन्ने कुराको इतिहास भेटि“दैन । कृषि विकासको सिलसिलामा वि.सं. १९८२ मा कृषि विभागको स्थापना पश्चात् वि.सं. २०१४ (सन् १९५७) मा स्थानीय र बाह्य गरी २० वटा आलुका जातहरूको जातीय परीक्षण कार्यक्रम सिंहदरबार, परवानीपुर र राप्ती कृषि फार्महरूमा पहिलो पटक सुरु गरियो । वि.सं. २०२३÷२४ मा फलोद्यान विभागको सहयोगमा कृषि शाखाहरूले १० वटा जिल्लामा आलुबाली प्रसार योजना संचालन गरी उच्च पहाडी क्षेत्रका कृषकहरूलाई २७६ टन बीउआलु उपलव्ध गराई उन्नत बीउले ६०० हेक्टर ढाक्ने बृहत् कार्यक्रम गरिएको थियो ।

Read more...